logo

२०८१ कार्तिक २३ शुक्रबार

logo
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको ‘अल्टिमेटम’

    बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको ‘अल्टिमेटम’

    3.1K
    Shares
    बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको ‘अल्टिमेटम’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा दिन नेकपा एमालेले आग्रह गरेको छ ।

    आज (मंगलबार) बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गर्ने निर्णय गरेको हो ।

    सोमबार राति नेपाली कांग्रेस र एमालेबीच नयाँ सरकार बनाउने सहमति भएको थियो ।

    एमाले र कांग्रेसबीचमा भएको सहमति अनुसार संविधानको धारा ७६ (२) को अर्को सरकार निर्माण गर्न बुधबारसम्म मार्ग प्रशस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई आह्वान गर्ने एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।

    उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार  सरकारमा सहभागी भएर राजनीतिक स्थायित्व र समृद्धिका लागि योगदान गर्न सबै राजनीतिक दललाई आह्वान गर्ने बैठकले निर्णय गरेको छ ।

    कांग्रेस सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीबीच भएको सहमतिमा कुन दलले कति मन्त्रालय लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्व गर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने विषयमा सहमति भएको हो ।

    राष्ट्रिय सहमतिका आधारमा ओली नेतृत्वमा सरकार बन्ने सहमतिको मस्यौदा तयार गरिएको छ ।

    शीर्ष नेताको सहमतिमा सुरुको ढेड वर्ष ओली नेतृत्वमा सरकार बन्नेछ । सुरुमा बन्ने ओली नेतृत्वको सरकारमा एमालेले प्रधानमन्त्री, अर्थमन्त्रीसहित ९ वटा मन्त्रालयको नेतृत्व गर्नेछ भने कांग्रेसले गृहमन्त्रीसहित १० वटा मन्त्रालय लिनेछ ।

    त्यस्तै, सहमति अनुसार अब प्रदेश अन्तर्गत एमालेले कोसी, लुम्बिनी र कर्णालीमा सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिममा सरकारको नेतृत्व लिनेछ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend