logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद बिष्ट

    नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद बिष्ट

    882
    Shares
    नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज छैन : सांसद बिष्ट

    काठमाडौं ।  राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) का सांसद नरबहादुर बिष्टले नयाँ बन्ने सत्ता समीकरणले संविधान संशोधन गर्न सहज नरहेको बताएका छन् । आईतबारको राष्ट्रिय सभा बैठकमा उनले यस्तो बताएका हुन् ।

    उनले अर्थतन्त्रले लय ल्याइरहेको बेलामा फेरि पनि देशको संविधानलाई संशोधन गर्ने शर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने शर्तसहित समझदारी भएको कुरा आएको भन्दै सहज नरहेको बताए ।

    उनले संविधान संशोधन गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभाबाटै संसदको दुई तिहाई बहुमत चाहिने बताए । उनले देशमा नेपालको वस्तुगत आवश्यकतालाई मध्यनजर गरी नेपाली आत्मनिर्भर अर्थतन्त्रको विकास शुरु भएको बेलामा राजनीतिक अस्थिरता सिर्जना भएको बताए ।

    उनले भने, ‘अर्थतन्त्रले लय ल्याइरहेको बेलामा फेरि पनि यो देशको संविधानलाई संशोधन गर्ने शर्तसहित नेपाली जनताको मौलिक अधिकार संघीय गणतन्त्र, धर्मनिरपेक्ष, समानुपातिक समावेशी, संविधानलाई संशोधन गर्ने शर्तसहित समझदारी भयो भन्ने कुरा सुनेका छाँै । हेर्दै जाउँ कहिलेसम्म केके हुन्छ । त्यति सहज छैन संविधान संशोधन गर्न यो संविधानमा दुई व्यवस्थापिका छ, प्रतिनिधि सभा र राष्ट्रिय सभा छ ।

    संसदको दुई तिहाई बहुमत चाहिन्छ । दुई तिहाई बहुमत, दुई वटै सदनबाट पारित हुन्छ की हुँदैन, त्यो हेर्न बाँकी छ । तर पनि यतिबेला यो देशमा नेपालको वस्तुगत आवश्यकतालाई मध्यनजर गरी नेपाली आत्मनिर्भर अर्थतन्त्रको विकास जबजब शुरु हुन्छ, तबतबसम्म नेपालमा रजनीति अस्थिरता सिर्जना गर्ने, यो राजनीतिक अस्थिरता सिर्जना नेपालबाट मात्रै भएको होइन ।’

    उनले भारतको गठबन्धन सरकारबाट नेपालले सिकेको र नेपालले आफ्नै गठबन्धन बनाउन आवश्यक रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend