सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शनको आरोपमा टर्कीमा ४७४ पक्राउ

सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शनको आरोपमा टर्कीमा ४७४ पक्राउ

एजेन्सी । टर्कीमा सिरियाली शरणार्थीहरू बिरुद्ध उत्तेजक प्रदर्शन गरेको आरोपमा टर्कीका प्रहरीले ४७४ जना थप संदिग्धहरूलाई पक्राउ गरेको टर्कीका गृहमन्त्री अली येर्लिकायाले बताएका छन् । येर्लिकायाले सिरियालीहरू बिरुद्ध देशभरका केही शहरहरूमा उत्तेजक कार्यहरू आयोजना गरिएको थियो ।

टर्कीका मन्त्रीले बन्दीहरू मध्ये २८५ सँग लागुऔषध, लुटपाट, चोरी, सम्पतीको क्षति र यौन उत्पीडन जस्ता अपराधहरू गरेको बताउनु भयो । सिरिया बिरोधी दंगा पहिलो पटक कायसेरी प्रान्तमा शुरु भएको थियो ।

जहाँ बासिन्दाहरूले सिरियालीहरूको घर र व्यवसायमा आगजनी गरेका थिए भने उनीहरूका सवारी साधनहरू तोडफोड गरेका थिए । हिंसा हाते, किलिस, गाजियन्टेप, कोन्या र अन्टाल्या प्रान्तमा फैलिएको छ भने टर्की सरकारले शान्त रहन आग्रह गरिरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend