आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै

नेकपा एस महाधिवेशन : १२ समूहका सुझाव पेस हुँदै

नेकपा (एकीकृत समाजवादी) महाधिवेशन – बन्द सत्र काठमाडौँ, १७ असार ः नेकपा (एकीकृत समाजवादी) को आइतबारदेखि सुरु दशौँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन बन्द सत्रमा अध्यक्ष माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री एवं एसका सम्मानित नेता झलनाथ खनाललगायत। तस्बिर ः हरिराम भेटुवाल÷रासस

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend