logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी

    संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी

    511
    Shares
    संसदको काम, कारबाहीलाई पारदर्शी बनाउन सहयोग गर्छु : सचिव अधिकारी

    काठमाडौं । प्रतिनिधि सभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भुमिका खेल्ने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेबाट प्रतिनिधि सभा सचिवको रुपमा शपथ ग्रहण गरेसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसदको कामलाई व्यवस्थित गर्न भुमिका खेल्ने बताएका हुन् ।

    उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अगाडी बढ्ने बताए । उनले संसदको काम, कारबाहीलाई पारदर्शी बनाउनका लागि पनि आफ्नो सहयोग र भुमिका रहने बताए ।

    उनले भने– ‘मेरो मुख्य भुमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्नको लागि सघाउ पर्याउनु हो । र सम्माननीय सभामुखज्युको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरु पर्छन् । सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भुमिका रहनेछ ।’

    सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधि सभा सचिवमा नियुक्त गरेका हुन् । सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend