बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने एमालेको तयारी

सरकारलाई दिएको समर्थन आजै फिर्ता लिने एमालेको तयारी

काठमाडौं । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार साँझ बसेको एमाले सचिवालय बैठकले आजसम्म पदबाट राजीनामा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको थियो ।

प्रधानमन्त्री प्रचण्डले राजीनामा नगर्ने अडान लिएपछि एमालेले समर्थन फिर्ता लिने तयारी गरेको हो ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले आजै समर्थन फिर्ता लिने तयारी रहेको बताए ।

दिउँसो ३ बजेपछि समर्थन फिर्ता र मन्त्रीहरुको राजीनामाबारे निर्णय हुने उनले बताए ।

यो पनि :

बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई एमालेको ‘अल्टिमेटम’

काङ्ग्रेस -एमालेबीच सत्ता सहकार्य, तीन महिनामै टुट्यो गठबन्धन

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend