logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

    विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

    224
    Shares
    विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश र ७७ वटै जिल्लामा विपद् प्रतिकार्यका लागि तालिमप्राप्त जनशक्ति परिचालन गरेको जनाएको छ । रेडक्रसले यस वर्ष अत्याधिक वर्षा हुने मौसम विज्ञहरुको पूर्वानुमानसँगै सबै जिल्लाहरुमा आफ्ना तालिमप्राप्त स्वयंसेवकहरु खटाइ विपद् पूर्वतयारीका कामहरु अघि बढाएको जनाएको हो ।

    नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पछिल्लो समय मनसुन भित्रिसकेको र बढी वर्षा हुने आँकलनबीच हुनसक्ने सम्भावित जोखिमलाई न्युनिकरण गर्न विपद् पूर्वतयारीका कामहरु पनि अघि बढाएको बताए । रेडक्रसले विपद् पूर्वतयारी स्वरुप रेडक्रसले मनसुन पूर्वतयारी योजना निर्माण गरेको बताए । उनले मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको जानकारी दिए । उनले सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको बताए ।

    उनले मजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको र ति जिल्लाहरुमा भएका क्षतिमा रेडक्रसले राहत सामग्रीहरु प्रदान गरिसकेको पनि बताए । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरु भइसकेको र नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको बताए । सबै स्वयंसेवकहरु तयारी अवस्थामा रहेको पनि बताए ।

    उनले भने, ‘नेपाल रेडक्रस सोसाइटीले विपद्को क्षेत्रमा नियमित काम गरेको छ । विभिन्न खालका विपद्हरु चाहे भूकम्प होस्, चाहे आगलागी, बाढी पहिरो वा अरु किसिमका विपद्हरुमा हामीले काम गरिरहेका छौँ । पछिल्लो समय मनसुन भित्रिसकेको छ । यो वर्षको मनसुनबारे विभिन्न आँकलनहरु भएका छन् । यो वर्षको मनसुनमा पनि यस पटकको मनसुनमा औषत भन्दा बढी वर्षा हुने र त्यसले जनधनको क्षति गर्ने पूर्वानुमान छ ।

    त्यसको पूर्वतयारीमा हामीले मनसुन पूर्वतयारी योजना निर्माण गरेको छ । मनसुन पूर्वतयारीका सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीले आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट ७७ वटै जिल्लामा रहेका तालिमप्राप्त स्वयंसेवकहरुको विवरण परिचालनका लागि अध्यावधिक गर्ने काम सम्पन्न भएको छ । सातै प्रदेश र ७७ वटै जिल्लामा मनसुनको पूर्वतयारीको लागि अभिमुखीकरण सम्पन्न भइसकेको छ ।

    लमजुङ, मोरङ, सुनसरी, रोल्पा, ओखलढुंगा, झापा, कास्की, दाङ, ताप्लेजुङ लगायतका जिल्लामा ठूलो मनसुनको प्रभाव देखिएको छ । नेपाल रेडक्रसले राहत सामग्री र खोज उद्धार गरेको छ । सात प्रदेश, ७७ जिल्लामै पूर्वतयारीअन्तर्गत राहत सामग्री भण्डारणहरु भएका छन् । नेपाल रेडक्रस सोसाइटी मनसुनबाट हुने क्षति कम गर्न पूर्वतयारीका कामहरु गरिरहेको छ । हाम्रा सबै स्वयंसेवकहरु तयारी अवस्थामा छन् ।’

    उनले सबैले मिलेर विपद् प्रतिकार्यमा जुटेमात्रै क्षति न्युनिकरण गर्न सकिने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend