logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • शेयर बजारमा आज सामान्य सुधार, ५ अर्ब माथिको कारोबार

    शेयर बजारमा आज सामान्य सुधार, ५ अर्ब माथिको कारोबार

    371
    Shares
    शेयर बजारमा आज सामान्य सुधार, ५ अर्ब माथिको कारोबार

    काठमाडौँ । शेयर बजारमा आज झिनो सुधार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७९ अकंले बढेर २१०४.२२ बिन्दुमा बन्द भएको छ ।

    आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ८ करोड ३५ लाख २८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज १०१ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ ।

    यसदिन लगानीकर्ता फाइनान्स र व्यापार समूहको झुम्मिएका छन् । बुधबार फाइनान्स समूहको ६.०४ प्रतिशत र व्यापार समूहको ६.१२ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको हो । साथै, विकास बैंक समूहको २.७१ प्रतिशत र वाणिज्य बैंक समूहको ०.६३ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    आज मञ्जुश्री फाइनान्सको २३ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइसीएफसी फाइनान्सको १७ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । चिरख्वा हाइड्रोका लगानीकर्ताले ४ दशलमव ७० प्रतिशतका दरले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend