logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • ब्ल्याकमेलिङको राजनीति नगर्न रविलाई कांग्रेस सांसद बस्नेतको चेतावनी

    ब्ल्याकमेलिङको राजनीति नगर्न रविलाई कांग्रेस सांसद बस्नेतको चेतावनी

    658
    Shares
    ब्ल्याकमेलिङको राजनीति नगर्न रविलाई कांग्रेस सांसद बस्नेतको चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई फाइल खोल्ने धम्की नदिन चेतावनी दिएका छन् । बुधबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले गृहमन्त्रीले कांग्रेसलाई फाइल खोल्ने धम्की दिइरहेको भन्दै फाइल खोल्ने धम्की नभइ फाइल भए खोल्न आग्रह गरे । उनले ब्ल्याकमेलिङको राजनीति नगर्न चेतावनी दिए । उनले नेपाली कांग्रेस सरकारमा जान आतुर रहेकाले चाँडो भन्दा चाँडो सरकारलाई निकास दिन आग्रह गरे । उनले दुई धोका आएका नेकपा एमाले र नेपाली कांग्रेस मिलेर बनाएको सत्ता समीकरण उन्नति, प्रगति र विकासको लागि भएको बताए ।

    उनले भने, ‘हामी अहिले प्रतिपक्षमा छौँ । चाँडो भन्दा चाँडो सरकारले निकास दिनुपर्यो । चाँडो भन्दा चाँडो सरकारमा जान चाहान्छौँ । यो स्पष्ट कुरा हो । जहाँसम्म संविधानका कुरा छ, लोकतन्त्रको कुरा छ, धर्म निरपेक्षताको कुरा छ । यो कांग्रेसको हिजोदेखिकै कुरा हो, यसमा हामी कतै झुकेनौँ, टुटेनौँ । बारम्बार धोका दिँदा दिँदा दुई धोका खाएका व्यक्तिहरु दुई ठूला पार्टी एक भएका छन् ।

    कांग्रेसले पनि धोका खायो, एमालेले पनि बारम्बार धोका खायो । प्रधानमन्त्रीज्यु के भन्नुहुन्छ भने एउटा खुट्टाले यताबाट हान्छु, अर्को खुट्टाले उताबाट हान्छु बल खेलेको खेल्यै गर्छु भन्नुहुन्छ । बल खेल्न नदिउँ भनेर यो सहमति भएको छ । उन्नति, प्रगति र विकासको लागि यो सहमति भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले भन्नुभएको छ, फाइल खोल्छौँ । खोलौँ न सबै फाइल खोलौँ । तपाईंहरुसँग प्रहरी प्रशासन छ, हामी तयार छौँ । फाइल खोल्ने धम्की नदिऔँ । ब्ल्याकमेलिङको राजनीतिक नगराैं । कांग्रेसको सरकार आएपछि सुनका फाइल पनि खोलिन्छन्, केके खोल्ने हो खोलिन्छन् ।’

    उनले प्रधानमन्त्री पुष्पकमल दाहालले दुवैतिरको बल आफैँ खेल्छु भन्ने सोचेपछि अहिलेको परिणाम आएको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend