logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सञ्चालनमा आएको पहिलो वर्षमा आरएमसी फूडको न्युट्रीप्लस खानेतेल व्यापार सवा ४ अर्ब

    सञ्चालनमा आएको पहिलो वर्षमा आरएमसी फूडको न्युट्रीप्लस खानेतेल व्यापार सवा ४ अर्ब

    462
    Shares
    सञ्चालनमा आएको पहिलो वर्षमा आरएमसी फूडको न्युट्रीप्लस खानेतेल व्यापार सवा ४ अर्ब

    काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घरना आरएमसी ग्रुपको खाद्य उद्योगले सञ्चालनमा आएको एक वर्षमा सवा ४ अर्ब रुपैयाँको व्यापार गरेको छ । ग्रुपले सञ्चालनमा ल्याएको आरएमसी फुडले ४ अर्ब १३ करोड ३० लाख रुपैयाँको खाद्यन्न व्यापार गरेको छ ।

    उद्योगले २०७९ भदौदेखि खाद्य तेल उत्पादन थालेको हो । उद्योगले रिफाइन्ड आयल, राइस ब्रान आयल, एसिड आयल, चामल, दाल, बेकरी सर्टनिङको प्रशोधन गर्दै आएको छ ।

    उद्योगको स्थापना सन् २०२१ मा भएको हो । तीन दशकभन्दा बढी समयदेखि निर्माण व्यवसायमा संलग्न रहँदै आएकोमा ग्रुप पछिल्लो समय लगानी विविधीकरण गरेर खाद्य तेल उत्पादन थालेको हो ।

    उद्योगले ५ अर्ब ३० करोड ५३ लाख रुपैयाँ ऋण लिएको छ । जसअनुसार ७९ करोड ३० लाख रुपैयाँ दीर्घकालिन र ४ अर्ब ७४ करोड रुपैयाँ अल्पकालिन ऋणको रेटिङ गराएको छ । गत वर्षसम्म संस्थापकले ९० करोड रुपैयाँ सेयर पुँजी लगानी गरेका छन् ।

    उद्योगले अत्याधुनिक पिएलसी प्रविधिबाट सोयाविन, सनफ्वालर र पाम आयलको प्रशोधन गर्दै आएको छ । उद्योगले स्विटजरल्याण्ड, नेदरल्याण्ड र सिङापुरबाट कच्चा वस्तु आयात गर्दै आएको छ ।

    उद्योगको तेल प्रशोधन क्षमता वार्षिक ९० हजार टन छ । उद्योगले न्युट्रीप्लस ब्रान्डमा खाने तेलको उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

    उद्योग बाराको जितपुरमा रहेको छ । वीरगञ्ज भन्सार कार्यालय र सुक्खा बन्दरगाहनजिक भएकाले भारतबाट कच्चा वस्तु आयातमा लागत बचत हुने देखिएको छ । सीमानजिक भएकाले निर्यात गर्न उद्योगलाई थप सहज भएको छ । उद्योगले स्टिल पाइप, सिट र सिमेन्टलगायत निर्माण सामग्रीजन्य वस्तुको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

    ग्रुपले राजेश मेटल क्राफ्ट, आरएमसी सिमेन्ट, पाल्पा सिमेन्टपछि आरएमसी फुड उद्योग सञ्चालनमा ल्याएको हो । आरएमसी फुडको सञ्चालकमा श्रवणकुमार अग्रवाल, राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल हुन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend