सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सहकारी ठगीमा आइडियल यमुना सहकारीका सञ्चालक केबी उप्रेती पक्राउ

सहकारी ठगीमा आइडियल यमुना सहकारीका सञ्चालक केबी उप्रेती पक्राउ

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्। उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।

उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन्। उक्त सहकारीलाई समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो।

उप्रेतीविरुद्द सहकारीका करिब २ सय बचतकर्ताले करिब २ अर्ब रुपैयाँ बचत फिर्ता माग्दै सहकारी विभागमा उजुरी दर्ता गराएका थिए ।

आइडियल युमना हाम्रो बहुउद्देश्यीय सहकारी ६ वटा संस्था मर्ज भएर बनेको थियो । यसको कुल निक्षेप तथा सम्पत्ति करिब ८ अर्ब रुपैयाँ र सेयर सदस्य ३० हजारभन्दा बढी पुगेका थिए ।

करिब एक महिनाअघि विभागले तयार पारेको विवरण अनुसार यो सहकारीबाट १ सय ८० बचतकर्ताले १ अर्ब ५० करोड बचत फिर्ता माग्दै विभागमा निवेदन दिइसकेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend