logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छः मन्त्री श्रेष्ठ

    राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छः मन्त्री श्रेष्ठ

    280
    Shares
    राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छः मन्त्री श्रेष्ठ

    काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको बताएका छन् ।

    बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री श्रेष्ठले राष्ट्रिय युवा नीति परिमार्जनका लागि सबै प्रदेशका सरोकारवालाहरुसँग पनि सुझाव लिइएको पनि जानकारी दिए ।

    उनले अन्तर्राष्ट्रिय स्तरमा पदक विजेता खेडालीहरुको पुरस्कारको राशी बैंकिङ खातामार्फत खेलाडीहरुले पाउने व्यवस्था पनि आफूले मिलाएको बताए ।

    उनले भने, ‘राष्ट्रिय युवा नीति–२०७२ र राष्ट्रिय खेलकुद नीति २०५७ लाई पुनरावलोकन गर्ने कार्य भइरहेको छ । यी नीतिहरु परिमार्जनका लागि सबै प्रदेशमा गई सरोकारवालाहरुको राय, सुझाव संकलन गरिएकाले युवा र खेलकुदको विषयमा देखिएका समस्या समाधान समाधान हुन्छ भन्ने मेरो विश्वास छ ।’

    मन्त्री श्रेष्ठले बजेटको सिमितताका कारण खेलकुद क्षेत्रको विकासमा टेवा पुग्ने गरी काम गर्न नसकिएको पनि स्पष्ट पारे ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend