logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छुः मन्त्री बुढा

    सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छुः मन्त्री बुढा

    273
    Shares
    सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छुः मन्त्री बुढा

    काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो दाबी गरेका हुन् ।

    मन्त्री बुढाले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलन, मानव विकास सूचकांक, सहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औँ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको पनि बताए । उनले जनता आवास कार्यक्रम संचालन गर्ने जिम्मेवारी प्रदेश सरकारलाई दिइएको बताए ।

    मन्त्री बुढाले भने, ‘जनता आवास कार्यक्रमको जिम्मेवारी प्रदेश सरकारलाई दिइएको छ । माननीयज्युहरुले माग गर्नुभएको कार्यक्रम सम्बोधन गर्ने प्रयास गरेको छु । बजेट विनियोजनमा क्षेत्रीय सन्तुलनको अतिरिक्त मानव विकास सूचकांक, शहरी विकास रणनीति, सरकारको नीति तथा कार्यक्रम र १६ औ पञ्चवर्षीय योजनाले दिशा निर्देश गरेको विषयहरुलाई आधार बनाइएको छ ।’

    मन्त्री बुढाले मन्त्री निवास, संघीय संसद भवन निर्माणलगायतका ठूलो परियोजनाहरु रहेकाले वागमती प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी बजेट विनियोजन गरिएको देखिएको स्पष्ट पारे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend