logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

    आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

    273
    Shares
    आगामी आर्थिक वर्ष १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पूरा हुन्छः मन्त्री तामाङ

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने बताएका छन् ।

    बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    मन्त्री तामाङले नेपाल वायुसेवा निगममा देखिएका समस्या समाधानका लागि समिति गठन गरिएको बताए । उनले सो निगमलाई संचालन गर्न निजी क्षेत्रलाई पनि सहभागी गराउने विषयमा पनि सरकारले गम्भिर ढंगले छलफल गरिरहेको बताए ।

    मन्त्री तामाङले भने, ‘आगामी आर्थिक वर्षमा १६ लाख पर्यटकहरु भित्रिने छन । नेपाल वायुसेवा निगमको समस्याको बारेमा पनि चिन्ताका साथ विषय उठाइएको छ । नेपाल वायुसेवा निगम भित्र देखिएको अनियमितताबारे छानविन समिति हिजो गठन गरिएको छ । यसमा निजी क्षेत्रलाई समेटने विषयमा पनि प्रधानमन्त्रीसँग कुरा भईरहेको छ ।’

    मन्त्री तामाङले गौतमबुद्ध अन्तराष्ट्र्रिय विमानस्थल संचालनका लागि आफूले सक्दो पहल गरिरहेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend