logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • ग्रिन हाइड्रोजनले स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्छः मन्त्री बस्नेत

    ग्रिन हाइड्रोजनले स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्छः मन्त्री बस्नेत

    266
    Shares
    ग्रिन हाइड्रोजनले स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्छः मन्त्री बस्नेत

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ग्रिन हाइड्रोजन स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको बताएका छन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा विनियोजित विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

    उनले विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको बताए । उनले जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तिब्रता दिन ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको बताए । उनले यसको कार्यान्वयका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदमहरु प्राथमिकताकासाथ अघि बढाइएको पनि बताए ।

    उनले भने, ‘हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको छ । मूल्यांकनको प्रक्रियामा रहेको छ । त्यसैगरी १० मेगावाट वा सो भन्दा कम क्षमताको जलविद्युत आयोजनाहरुको विद्युत खरिद सम्झौताको सम्झौता स्थगन गरिएको छ । र पीपीएको लागि लाइनमा रहनु नपर्ने स्थिति सिर्जना गरिएको छ ।

    ग्रिन हाइड्रोजन स्वच्छ उर्जा रुपान्तरणमा योगदान गर्ने ठूलो सम्भावनाको रुपमा रहनसक्ने देखिएको छ । विद्युत खरिद बिक्री सम्झौता भएका र विद्युत उत्पादनको विभिन्न चरणमा रहेका आयोजनाबाट आगामी केही वर्ष भित्रमा ठूलो मात्रामा उत्पादन हुने सम्भावना रहेको छ ।

    जलविद्युतको खपतलाई बढाउन र दिगो तथा स्वच्छ औद्योगिकरणको गतिलाई तिब्रता दिन ग्रिन हाइड्रोजनको उत्पादन र उपयोग आगामी दिनमा अपरिहार्य देखिएकाले ग्रिन हाइड्रोजन नीति, २०७९ ल्याइएको छ । यसको कार्यान्वयका लागि आवश्यक नीतिगत, संस्थागत र कार्यप्रणालीगत कदमहरु प्राथमिकताकासाथ अघि बढाइँदैछ ।’

    उनले हाल थप ८ सय मेगावाटको सोलार आयोजनाहरुको लागि प्रतिष्पर्धामार्फत विद्युत खरिद सम्झौता गर्न बोलपत्र आह्वान भइसकेको र मूल्यांकनको प्रक्रियामा रहेको जानकारी गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend