सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो : गगन थापा

प्रधानमन्त्रीले अर्को दलसँग सहकार्य गर्ने पहल थालेपछि गठबन्धन भत्कियो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेसँग सहकार्य गरेको केही समयमै पुनः अर्को समीकरणको प्रयास गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको बताएका छन् ।

बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको सम्पूर्ण परिस्थिति बन्नुको पहिलो कारण प्रधानमन्त्री दाहाल स्वयं नै भएको बताए । उनले प्रधानमन्त्री दाहालको अस्थिरताको कारण अहिलेको परिस्थिति आएको दाबी गरे । उनले प्रधानमन्त्री दाहालको अस्थिर चरित्रमा कुनैपनि दलले विश्वास गर्न नसकेपछि नेकपा एमाले र नेपाली कांग्रेस मिलेको बताए ।

उनले भने, ‘व्यक्ति र दलको इच्छाले मात्रै पनि नहुने रहेछ । खास गरीकन अहिलेको यो परिस्थिति बनेको यसको सम्पूर्ण कारण भनेको अहिलेको वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालको अस्थिरताको कारणले हो । अहिले नयाँ गठबन्धन बनिसकेपछि नेपाली कांग्रेसको हामी सबैलाई नयाँ गठबन्धन बन्ने चाहना थियो होला, कसैलाई थिएन होला । मेरो चाहना प्रतिपक्षमा रहँदा नै उपयुक्त हुन्छ भन्ने थियो । अरु कसैको चाहना सरकार नयाँ बदलाैँ भन्ने थियो होला ।

तर सरकार बनेको दुई चार महिना हुँदा नहुँदै अर्को गठबन्धन बन्थ्यो । बन्दैन थियो । प्रचण्डको यति धेरै अस्थिर चरित्र, व्यवहार नभएको भए । अहिले एमालेसँग सरकारमा गइसकेपछि पनि फेरि नयाँ खालको लसपस गर्नका लागि हातखुट्टा पसार्न थालिसकेपछि हो । अहिलेको दुर्घटना निम्त्याएको उहाँकै कारणले हो । त्यसैले यो कसैको कारणले गर्दा बनेको पनि होइन ।

कसैलाई यसले भत्काएको पनि होइन । नेपालको राजनीतिमा प्रचण्ड यति धेरै अस्थिर हुनुभयो की उहाँसँग कसैको विश्वास रहेन । त्यो कारणले गर्दा अहिलेको परिस्थिति सिर्जना भयो ।’

महामन्त्री थापाले नेपालको राजनीतिमा दाहाललाई विश्वास गर्न नै कठिन भएको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend