logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या समाधान गर्छ : उपाध्यक्ष पौडेल

    नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या समाधान गर्छ : उपाध्यक्ष पौडेल

    749
    Shares
    नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या समाधान गर्छ : उपाध्यक्ष पौडेल

    काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नयाँ बन्ने सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्ने बताएका छन् । बिहीबार रुपन्देहीमा २०८० सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको चाहना पूरा हुनेगरी काम नयाँ बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारले काम गर्ने बताए । उनले नयाँ बन्ने सरकारले सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्या समाधान गर्ने बताए । उनले केही दिनभित्रै अध्यक्ष ओलीको नेतृत्वमा सरकार निर्माण हुने बताए ।

    उनले भने, ‘अब तपाईंहरुले ठूलो आशा र भरोसाका साथमा, विश्वासको साथमा आफ्ना कदम अघि बढाए हुन्छ । नेपालमा सही शैक्षिक गुणस्तरको दृष्टिकोणले सबै प्रकारको अनुकुल परिस्थिति निर्माण गर्ने, दक्ष जनशक्ति उत्पादन गर्ने, देशभित्रै रोजगारी आर्जन गर्ने, उद्यमशिलताको विकास गर्ने, देशको समृद्धिका निम्ति काम गर्ने ।

    एउटा सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने, त्यस खालको अनुकुल परिस्थिति निर्माण गर्ने संकल्पका साथमा हिजो मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालीरहनुभएको थियो, त्यो बेलामा त्यो किसिमको परिस्थिति निर्माण गर्न धेरै हदसम्म सफल प्राप्त गर्नुभएको सम्मानित व्यक्तित्व केपी शर्मा ओलीज्यु यहाँ हुनुहुन्छ ।

    उहाँको नेतृत्वमा केही दिनको अन्तरालमा जुन सरकार नेपालले प्राप्त गर्दैछ । त्यो सरकारले स्वभाविक रुपमा अरु क्षेत्रका समस्या समाधानका साथसाथै शैक्षिक क्षेत्रका समस्याको नयाँ उचाईबाट समाधान गर्दै गुणस्तरीय शिक्षा आर्जन गर्ने, देशभित्रै रहेर पार्टी निर्माण योगदान दिने, नेपाली विद्यार्थीको जुन चाहना छ, त्यो चाहना पूरा हुनेछ भन्ने विश्वासका साथमा अघि बढ्नुहोला ।’

    उनले नयाँ बन्ने सरकारले सम्मानित नागरिकका हैसियतले जीवन व्यतित गर्ने वातावरण निर्माण गर्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend