logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद न्यायाधीश प्रधान र ढकालको इजलासमा

    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद न्यायाधीश प्रधान र ढकालको इजलासमा

    385
    Shares
    धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद न्यायाधीश प्रधान र ढकालको इजलासमा

    काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद रिट न्यायाधीशद्धय सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

    अध्यक्षका आकांक्षीमध्येका एक सन्तोषनारायण श्रेष्ठले असार १७ गते रिट दायर गरेका थिए । उक्त रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    अन्तरिम आदेश प्रयोजनका लागि आज दुवै पक्षलाई डाकिएको छ । अध्यक्ष नियुक्तिका लागि अन्तरिम आदेश भएमा बोर्डको अध्यक्ष छनोट समितिले गरेको सर्टलिस्टमा परी कार्यपत्र प्रस्तुत गरिसकेका मध्येबाट अध्यक्ष नियुक्ति हुनेछ ।

    छनोट समितिले पाँचजनाको सर्टलिस्ट गरेको थियो । पछि तीनजना कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा अनुपस्थित भएका थिए ।

    तीनजना समितिले सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था देखाएर नियुक्ति प्रक्रिया रद्ध गरिएको थियो । त्यसविरुद्ध सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना समेत प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका हुन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend