logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु, चट्याङबाट ज्यान गुमाउने १९

    मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु, चट्याङबाट ज्यान गुमाउने १९

    329
    Shares
    मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको मृत्यु, चट्याङबाट ज्यान गुमाउने १९

    काठमाडौं । मनसुन भित्रिएसँगै विपद्जन्य घटनाबाट हालसम्म ४७ जनाको ज्यान गएको सरकारले बताएको छ ।

    शुक्रबारको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यस्तो बताएका हुन् ।

    मन्त्री अर्यालले नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका बताए । उनले पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको र ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएको बताए । कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भइ ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको उल्लेख गरे । उनले चट्याङबाट ३२ जिल्ला प्रभावित भइ ९३ वटा चट्याङका घटना भएको र जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएको बताए । उनले सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको बताए ।

    उनले भने, ‘हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका छन् । पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएका छन् । ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएका छन् । कुल २८ जनाको मृत्यु, एक जना बेपत्ता र २५ जना घाइते भइ ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएका छन् ।

    चट्याङबाट ३२ जिल्ला प्रभावित भइ ९३ वटा चट्याङका घटना भएको छ । जसबाट १९ जनाको मृत्यु, ३५ जना घाइते भएका छन् । सबै विपद्का घटनाबाट १७१ पशुचौपायाको क्षति भएको छ । विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको छ । मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आँकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको छ ।’

    मन्त्री अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको बताए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम आँकलन गरी जोखिमयुक्त क्षेत्रलाई उचित संरक्षण हुनेगरी विभिन्न निकायलाई क्षेत्रगत रुपमा जिम्मेवारी तोकिएको बताए ।

    याे पनि :


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend