सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

हरेक टियागो इभी बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

हरेक टियागो इभी बुकिङ्गमा सियोर सट गिफ्टसँगै मनसुन मेला सुरु

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ । कम्पनीका अनुसार मनसुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ ।

सिप्रदीले ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनालाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथलीलगायत देशैभरी रहेका शोरुमहरुमा यहि असार २१ गतेदेखि २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो ।

यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ् सुविधाहरुको फाइदा लिन सक्नेछन् ।

साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सकिनेछ । उल्लेखित अफरहरु मनसुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभी मनसुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजे सम्म टाटा मोटर्सको नेपालभरिको शोरुमहरुमा हुनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend