logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • जनता समाजवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

    जनता समाजवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

    1.5K
    Shares
    जनता समाजवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीद्वारा राजीनामा

    काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

    शुक्रबार जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

    प्रधानमन्त्रीलाई सम्बोधन गरेर अध्यक्ष राईले समर्थन फिर्ताको निर्णय भइसकेको जानकारी गराएका हुन्। यस्तै सरकारमा रहेका जसपाका मन्त्रीहरूले राजीनामा पनि दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा जसपाका दुई जना मन्त्री र एक जना राज्यमन्त्री छन् ।

    साथै जनता समाजवादी पार्टीले संघीय संसद सचिवालयलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसमेत दिइसकेको छ।

    janatasamajbadi-1720181218.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend