logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

    कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

    1.4K
    Shares
    कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतले पारित

    कर्णाली । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को बजेट प्रदेशसभाबाट सर्वसम्मतले पारित भएको छ ।

    कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनअन्तर्गत आज बसेको २१औँ बैठकबाट बजेट सर्वसम्मतले पारित भएको हो ।

    सभामुख नन्दा गुरुङले आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसीलाई ‘कर्णाली प्रदेशसभा नियमावली २०७९’ को नियम १४७ को उपनयिम ५ बमोजिम ‘कर्णाली प्रदेश विनियोजन तथा आर्थिक विधेयक २०८१’ सहित समग्र बजेट पारितका लागि सभामा प्रस्ताव गर्न समय दिएका थिए ।

    सभामुख गुरुङको निर्देशनअनुसार मन्त्री केसीले बजेट पारितका लागि सभामा प्रस्ताव गरे । बजेट पारितका लागि मन्त्री केसीले प्रस्ताव गरेसँगै सभामुखले प्रदेश सरकारको आगामी आव २०८१–८२ को ल्याएको ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट सर्वसम्मतले पारित भएको घोषणा गरे । उनका अनुसार अर्को बैठक यही असार २३ गते दिउँसो ३ बजे बस्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend