मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा, जनजीवन प्रभावित

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर भारी वर्षा हुँदा जनजीवन प्रभावित बनेको छ ।

शुक्रवार रातिदेखि नै अविरल वर्षा भइरहेको छ । काठमाडौं उपत्यकाका वागमती, विष्णुमती नदीमा बाढी आएको छ । नदी छेउका बस्तीहरुलाई शतर्कत रहन आग्रह गरिएको छ ।

ललितपुरका धापाखेल, शंखमुल लगायतका नदी किनार छेउका सुकुम्बासी बस्तीमा बाढीका जनजीवन प्रभावित भएको छ । साथै नदी छेउका सडकहरु डुबानमा परेका छन् । मनसुनी वायुको प्रभावले देशभर अहिले पूर्णतया बदली रही वर्षा भइरहेको छ ।

वागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले भारी वर्षा भइरहेको छ । यी प्रदेश भएर बहने नदीहरूमा जल सतह बढ्नुको साथै विभिन्न स्थानमा पहिरो जाँदा सडकहरू अवरुद्ध भएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend