logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सरकारमा जाने नेतृत्वले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष केसी

    सरकारमा जाने नेतृत्वले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष केसी

    399
    Shares
    सरकारमा जाने नेतृत्वले सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष केसी

    काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारीको विषयलाई सामान्य रुपमा लिन नहुने बताएका छन् । आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले गठबन्धनहरु फेरि रहे पनि सबै राजनीतिक दल र सरकारमा जाने नेतृत्वले सहकारीमा रकम हिनामिना गर्नेहरुलाई कानूनअनुसार कारबाही गर्नुपर्ने बताए । उनले सहकारीमा सिमित व्यक्तिहरुले ठूलो रकम हिनामिना गरेको बताए । उनले नागरिकले आधा पेट खाएर जम्मा गरेको रकम फिर्ता गराउनुपर्ने बताए ।

    उनले भने, ‘गठबन्धनहरु फेरिरहेका छन् । तर पनि हाम्रो पार्टीले भनेको जस्तो देश महिनामै राष्ट्रिय जनमार्चाले यो सहकारीको रकम जुन ठूलो मात्रामा हिनामिना भएको छ । लाखौँ नेपालीको विचल्ली भएको छ । यो चानचुन विषय होइन । जनताले नै दबाब नदिइकन नेपाली जनताले खाइ नखाइ जोगाएको पैसा केही सिमित टाठाबाठाहरुले हिनामिना गरेका छन् ।

    म सहकारी मन्त्री हुँदा सहकारीको बारेमा राम्रो थाहा थिएन । मलाई सहकारीको बारेमा मन्त्री बनेपछि धेरै कुरा थाहा भयो । यो चानचुन विषय होइन । यसमा राजनीतिक दलहरुले पनि दबाब दिनुपर्छ ।’

    अध्यक्ष केसीले पुँजीवादी आर्थिक प्रणालीले अंगीकार गरेको सहकारी पद्धतिलाई राष्ट्रिय जनमोर्चाले स्वीकार गर्ने पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend