काठमाडौँ । उपाधि दावेदार ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाट नै बाहिरिएको छ ।
अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो ।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४ २ को जित दर्ता गर्यो ।
अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् ।
अघिल्लो दिन मात्र अर्जेन्टिनाले इक्वेडर तथा क्यानडाले भेनेजुएलालाई पराजित गरेका थिए । यी दुवै पहिलो सेमिफाइनलमा खेल्नेछन् ।