एजेन्सी । जेनिन शहर र उत्तरी वेस्ट बैंकको शरणार्थी शिविरमा इजरायली हवाई आक्रमणबाट सात प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी र इजरायली स्रोतहरूले बताएका छन् । एक इजरायली ड्रोनले जेनिन शिविरमा युवा पुरुषहरूको समूहलाई लक्षित गरी आक्रमण गरेको थियो ।
इजरायली सेनाले प्यालेस्टाइनी लडाकूहरूसँग गोली हानाहानको बीचमा जेनिनको पश्चिममा एउटा घर घेरेका थिए । जेनिनमा रेड क्रिसेन्ट एम्बुलेन्सका अधिकारी महमूद अल–सादीले इजरायली सेनाले यस क्षेत्रमा सैन्य घेरा लगाएको बताए । एम्बुलेन्स टोलीलाई घेरामा परेको घरमा पुग्नबाट रोकेको छ ।
जेनिन शहर र यसको शरणार्थी शिविरले अक्टोबर २०२३ को सुरुमा प्यालेस्टिनी–इजरायली द्वन्द्व शुरु भएदेखि तिब्रता बढ्दै गएको दुई वर्षभन्दा बढी समयदेखि बढ्दो तनावको अनुभव गरेको छ ।
प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर २०२३ देखि वेस्ट बैंक र पूर्वी जेरुसेलममा इजरायली सेनाले ५६० भन्दा बढी प्यालेस्टाइनीहरूलाई मारेको छ ।