काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद पदमबहादुर परियारले अपाङ्गता भएका व्यक्तिलाई होच्च्याउने शब्द प्रयोग गरिएकामा आपत्ति जनाएका छन् ।
राष्ट्रियसभाको असार २० गतेको बैठकमा अपाङ्गता भएका व्यक्तिलाई ‘लुला’, ‘लङ्गडा’ शब्द प्रयोग गरेर उनीहरुलाई अपमानित गरिएको बताए । साथै उनले आगामी बैठकमा यस्ता शब्द प्रयोग हुन नदिनेतर्फ संवेदनशील हुन ‘रुलिङ’ को माग गरे ।
उनले उक्त दिनको बैठकको अभिलेखबाट अपमानजनक सबै शब्द मेटाउन अध्यक्षसमक्ष अनुरोध गरे ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अपमानजनक शब्द प्रयोग भएनभएको निर्क्यौलगरी आगामी बैठकमा त्यसबारे जानकारी दिने बताए ।