सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक राष्ट्रियसभाबाट पारित

राष्ट्रियसभा बैठक काठमाडौँ, २१ असार ः सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको राष्ट्रियसभा बैठक । तस्बिर ः रत्न श्रेष्ठ÷रासस

काठमाडौं । प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रिय सभाको बैठकबाट पारित भएको छ ।

आईतबारको राष्ट्रिय सभा बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार गरी पारित गरेको हो ।

सभामा प्रधानमन्त्री एवं उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विधेयक प्रस्तुत गरेकी थिइन् । विधेयकमाथि सांसदहरुले दफावार छलफल समेत गरेका थिए ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ राष्ट्रियसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend