logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पेप्सी उत्पादक बरुणको ८ महिनामा पौने ५ अर्ब व्यापार

    पेप्सी उत्पादक बरुणको ८ महिनामा पौने ५ अर्ब व्यापार

    511
    Shares
    पेप्सी उत्पादक बरुणको ८ महिनामा पौने ५ अर्ब व्यापार

    काठमाडौं । पेप्सी र डिउलगायत अन्य कार्वोनोटेड पेयपदार्थ उत्पादक बहुराष्ट्रिय कम्पनी बरुण बेभरेज नेपाल प्राइभेट लिमिटेडले साढे ८ महिनामा पौने ५ अर्ब रुपैयाँको व्यापार गरेको छ । २०२४ को साढे ८ महिनामा बरुण बेभरेजले ४ अर्ब ८० करोड ४० लाख रुपैयाँ व्यापार गरेको छ । वरुण बेभरेजले पेप्सी, मिरिन्डा, माउन्टेन डिउ, स्लाइस, सोडा, सेभेनअप र स्टिङलगायत ननअल्कोलिक पेय पदार्थ बेचेर सो रकम आम्दानी गरेको हो ।

    गत वर्ष कम्पनीले ७ अर्ब ६२ करोड ७० लाख रुपैयाँको पेप्सीलगायत अन्य पेयपदार्थको व्यापार गरेको थियो । २०२२ मा ८ अर्ब २ करोड ४० लाख र २०२१ मा ६ अर्ब ५४ करोड २० लाख, २०२० मा ५ अर्ब १४ करोड र २०१९ मा ६ अर्ब ८७ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

    २०२१ मा कम्पनीले ६ अर्ब ५४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । बरुण वेभरेजको सरकारसँग मूल्य अभिवृद्धि कर (भ्याट), आयकर र अन्तःशुल्क सम्बन्धी विभिन्न मुद्दा अदालतमा विचाराधिन छ । सरकार र बरुण बेभरेजसँग ३ अर्ब २० करोड रुपैयाँ कर विवाद छ ।

    कार्बोनेटेड सफ्ट ड्रिंक उद्योग संवेदनशील छ । प्रतिकूल नियामक परिवर्तन र उपभोक्ता प्राथमिकताहरूमा परिमार्जनले आम्दानीमा मौसमी प्रभाव पर्ने गरेको छ । बरुणको नाफा कायमै छ । विभिन्न कच्चा पदार्थको मूल्यमा उतारचढावको जोखिममा मुख्यतया चिनी र कन्सेन्ट्रेट कच्चा पदार्थहरू कम्पनीको लागत संरचनाको प्रमुख भाग जसले शुद्ध परिचालन आयको ४२ देखि ४४ प्रतिशतसम्म बढेको छ । पहिला कच्चा वस्तुको लागत ३७ देखि ३९ प्रतिशत थियो ।

    बरुण बेभरेजको ऋण ३ अर्ब ४७ करोड ३० लाख रुपैयाँ छ । कम्पनीले ऋणको रेटिङ गराएको छ । बरुणले बैंकबाट ऋण लिएर नबलपरासीमा नयाँ प्लान्ट सञ्चालनमा ल्याएको छ । कम्पनी सन् १९८५ मा स्थापना भएको हो । बरुण बरुण वेभरेज लिमिटेडको शत्प्रतिशत स्वामित्वको उद्योग हो ।

    पेप्सीको बलियो वैश्विक ब्रान्ड मध्ये एक हो । कम्पनीले ग्लोबल ब्राण्ड पेप्सीलगायत अन्य गैरमदिरा पेय पदार्थको बिक्री वितरण गर्दै आएको छ । कम्पनीको राजधानीको पेप्सिकोला र नवलपरासीबाट पेय पदार्थ उत्पादन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend