logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौ : प्रमुख सचेतक बर्तौला

    असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौ : प्रमुख सचेतक बर्तौला

    511
    Shares
    असार २८ गतेसम्म मन्त्रालय भागबण्डाको विषय टुंगो लगाउँछौ : प्रमुख सचेतक बर्तौला

    काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् । आईतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

    प्रमुख सचेतक बर्तौलाले कांग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताए । उनले कांग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतीको सरकार गठनका लागि आह्वान गरिएकाले कांग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए ।

    प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने बताए ।

    उनले भने, ‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली कांग्रेसको बीचमा आलोपालो पहिला नेकपा एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली कांग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमती भएको छ । सहमती यति भयो । सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्नुहुन्छ । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बीचमा हामीले छलफल गर्नेछौं । त्यो छलफल प्रारम्भिक रुपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौं ।

    मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र, मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलीनै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौं । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं । अहिले चाहीँ केही छलफल भएको छ ।

    टुंगो कुनैपनि लागेको अवस्था रहेन । कति दलहरु हाम्रो यो प्रक्रियामा सहभागी हुन्छन्, राष्ट्रिय सरकार निर्माणको प्रक्रियामा भन्नेकुरा त्यो पनि हामीले सबै दललाई आह्वान गरेको कारणले पनि अन्य दलको रेसपोन्सको आधारबाट पनि मन्त्रालय भागबण्डा गर्नेकुरा हुन्छ । त्यसकारण केही दिन यसले समय लिन्छ भन्ने लाग्छ । ’

    प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend