कोलम्बो, सिन्ह्वा । श्रीलङ्काको सरकारी ऋण स्टक सन् २०२३ डिसेम्बरदेखि सन् २०२६ अप्रिलसम्म आठ खर्ब रुपैयाँ (दुई अर्ब ६० करोड अमेरिकी डलर) ले घटेको एक राज्यमन्त्रीले आइतबार बताएका छन् ।
अर्थ राज्यमन्त्री शेहान सेमासिङ्घेले सामाजिक सञ्जाल पोष्टमा विदेशी कर्जा स्टक नौ दशमलव दुई प्रतिशतले उल्लेखनीय रूपमा कमी भएको बताए । देशको कुल आन्तरिक ऋण स्टक एक दशमलव आठ प्रतिशतले थोरै बढेको उनले उल्लेख गरे ।
आन्तरिक ऋणमा भएको यो वृद्धि केन्द्रीय बैंकको आर्थिक सहयोग बिना बजेट व्यवस्थापन गर्ने प्रयासको परिणाम हो भने विनिमय दर सुदृढ भएकाले विदेशी ऋणको स्टक घट्न सहयोग पुगेको उनले बताए ।