logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम

    विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम

    210
    Shares
    विपद् व्यवस्थापनमा सरकार गम्भीर बनेन : सांसद गौतम

    काठमाडौं । नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले विपद् व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राज्य गम्भीर नहुँदा नागरिकले दुःख पाएको बताइन् ।

    उनले विपद्का कारण ठूलो जनधनको क्षति भएको बताइन् । उनले गत सालका पीडितलाई राहत दिन नसक्दे यस वर्ष नागरिकले सोही कुराको दुःख व्यहोर्नुपरेको बताइन् । उनले राज्य विपद्का लागि जहिले पनि तयारीका साथ बस्नुपर्ने बताइन् । उनले विपद्का कारण भएको क्षतिबारे संसदलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन् ।

    उनले भनिन्, ‘विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । यो विपद् व्यवस्थापन गर्न सरकारले के गरिरहेको छ ? यो सदनलाई जानकारी गराउन म माग गर्न चाहन्छु । नेपालमा कुनैपनि समय विपद् आउनसक्ने सम्भावना रहेको मुलुक भएकाले नेपालको परिप्रेक्ष्यमा कहाँ यदी भन्ने भन्दा पनि कहिले आउँछ भन्नेकुरा प्रश्न गर्नुपर्छ ।

    यो उच्च जोखिम रहेको क्षेत्र हो । बाढी पहिरोका बारेमा सांसदज्युहरुले उठाउनुभएका कुरा मनन गरेर सरकार अघि बढ्नुपर्छ । प्रत्येक वर्ष आउने वर्षालाई राज्यले महशुस नगरी काम गर्दा जनताले विपद्को सामना गर्नुपरेको छ ।’

    सांसद गौतमले वर्षे विकासको रणनीतिबाट सरकार पछि हट्न आवश्यक रहेको बताइन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend