मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल

हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भएको टिप्पणी गरेका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो कुरा बताएका हुन् ।

सांसद सुवालले नयाँ सत्तासमिकरण व्यापारीको घरमा बसेर भएकालेमा आपत्ति समेत जनाए । उनले मध्य रातमा एमाले–कांग्रेसबीच सत्ता समिकरण हुने कुराले कालाबजारीहरुलाई प्रश्रय दिएको आरोप समेत लगाए । सांसद सुवालले समान विचार राख्नेहरुले सहकार्य गरेर अघि बढेमात्रै स्वभाविक हुने बताए ।

उनले भने, ‘अहिलेसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो भयो । नयाँ सत्ता समिकरण बनाउन कति बजे, कहाँ, कसको घरमा बैठक भएको हो ? सार्वजनिक हुन आवश्यक छ । यो बैठक कुनै कालाबजारी वा विदेशी दलालको घरमा पक्कै नभएको होला ।’

सांसद सुवालले युवा स्वरोजगार कार्यक्रममा बेथिति बढेको भन्दै आक्रोश व्यक्त गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend