logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • शेयर बजार सामान्य घट्दा चार अर्ब बढीको कारोबार

    शेयर बजार सामान्य घट्दा चार अर्ब बढीको कारोबार

    525
    Shares
    शेयर बजार सामान्य घट्दा चार अर्ब बढीको कारोबार

    काठमाडौँ । शेयर बजारमा आज सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ४.६२ अकंले घटेर २१३६.३५ बिन्दुमा बन्द भएको छ ।

    आज ९५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४१ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज ३२४ कम्पनीको १ करोड ४ लाख ७५ हजार १८१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ९८ लाख ३६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एनआरएनको २८ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १५ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज एनआइसी एशिया बैंक डिबेञ्चरका इकाईधनीले ६ दशलमव ०१ प्रतिशतका दरले कमाएका छन् । दोर्दी जलविद्युतका इकाईधनीले ५ दशलमव ०३ प्रतिशत र एनआइसी एशिया फ्लेक्सी क्याप फण्डका इकाईधनीले ४ दशलमव ७५ प्रतिशतका दरले कमाएका छन् ।

    मैलुङ खोला जलविद्युतका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।

    आज, तीन उपसूचकमा हरियाली हुँदा १० उपसूचकमा राताम्य भएको हो । आज फाइनान्स समूहको ०.२६ प्रतिशत, माइक्रोफाइनान्स समूहको ०.९२ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.४६ प्रतिशतले शेयर मूल्य बढेको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend