बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

अभिलेख संरक्षण ऐनबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफल

अभिलेख संरक्षण ऐनबारे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा छलफल

काठमाडौं । संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमवार सिंहदरबारमा बसेको बैठकले सो विधेयकमाथि छलफल शुरु गरेको हो ।

प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सो विधेयकको वस्तुगत र कानूनी प्रावधानसँग पनि सम्बन्धित रहेर छलफल गरिएको समितिका सभापति मायाप्रसाद शर्माले जानकारी दिए ।

उनले भने, ‘यो अभिलेख संरक्षण ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयकका विषयमा गरेका छौं । प्रतिनिधि सभाबाट संशोधनसहित राष्ट्रिय सभामा सन्देशसहित आएको छ । यसलाई छलफल गर्न सजिलो होस भनेर हामीले सुरुवात गरेका छौं । यो अभिलेख फेरी हाम्रा समितिसँग अन्तरसम्बन्धित पनि छ । ’

बैठकमा समितिका सदस्यहरुले अभिलेख संरक्षण ऐनलाई समयानुकुल बनाउन सरकारलाई सचेत गराएका थिए । समितिको अर्को बैठक असार २५ गते मंगलवार (भोलि) बिहान साँढे १० बजे बस्नेगरी बोलाइएको छ ।

बैठकमा पुस्तकालयको अनुगमनका सम्बन्धमा छलफल हुने समितिका सभापति शर्माले बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend