logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • मंगलबार प्रतितोला नौ सयले घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

    मंगलबार प्रतितोला नौ सयले घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

    469
    Shares
    मंगलबार प्रतितोला नौ सयले घट्यो सुन, कतिमा हुँदैछ किनबेच ?

    काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्य घटेको छ।

    अघिल्लो दिन चार सय रूपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला नौ सय रूपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

    सोमबार छापावाल सुन प्रतितोला एक लाख ४५ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ।

    सोमबार प्रतितोला १८ सय ९० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय ८५ रूपैयाँमा किनबेच भइरहेको छ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend