logo

२०८१ कार्तिक ३० शुक्रबार

logo
  • शुक्रबार, ३० कार्तिक २०८१
  • बाढी पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

    बाढी पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

    686
    Shares
    बाढी पहिरोका कारण धरान-धनकुटा सडक अवरुद्ध

    धरान, सुनसरी । निरन्तरको वर्षाका कारण आएको बाढी पहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ ।

    धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिए ।

    सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उनले बताए । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उनले बताए ।

    “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ”, उनले भने ।

    बाढीका कारण बस्ती जोखिममा

    निरन्तर वर्षासँगै  आएको बाढीका कारण धरान उपमहानगरपालिका– १६ मा  १० वटाभन्दा बढी घर जोखिममा परेका छन् । स्थलगत अनुगमनमा पुग्नुभएका धरान उपमहानगरपालिका– १६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताए ।

    उनले भने, “बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ   निरन्तर पानी परेकाले समस्या भएको छ ।” निरन्तरको वर्षाले पुलमा सामानय क्षति भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend