logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • मुकुल ढकाललाई रास्वपाको सबै पदीय जिम्मेवारीबाट हटाइयो, साधारण सदस्य मात्रै रहने

    मुकुल ढकाललाई रास्वपाको सबै पदीय जिम्मेवारीबाट हटाइयो, साधारण सदस्य मात्रै रहने

    784
    Shares
    मुकुल ढकाललाई रास्वपाको सबै पदीय जिम्मेवारीबाट हटाइयो, साधारण सदस्य मात्रै रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री डा. मुकुल ढकालका सबै जिम्मेवारी खोसेको छ । उनलाई साधारण सदस्य मात्रै रहने गरी रास्वपाले सबै जिम्मेवारी खोसेको हो ।

    ढकाल यसअघि नै महामन्त्रीबाट निलम्बित भइसकेका छन् । उनी यसअघि पार्टीमा महामन्त्री र प्रवक्ताको जिम्मेवारीमा थिए ।

    उनलाई सोमबार बसेको केन्द्रीय समिति बैठकले साधारण सदस्यमात्रै राख्ने निर्णय गरेको हो ।

    पार्टीको अनुशासन आयोगले उनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही सिफारिस गरेको थियो ।

    असार १९ गतेको रास्वपा केन्द्रीय समिति बैठकले पार्टी अनुशासनको सन्दर्भमा महामन्त्री तथा प्रवक्ता ढकाललाई गरिएको निलम्बन र त्यसका आधारमा केन्द्रीय अनुशासन आयोगलाई विस्तृत छानबिन प्रतिवेदन तयार गरी केन्द्रीय समितिमा बुझाउन दिएको निर्देशन दिएको थियो । सोही बमोजिम केन्द्रीय अनुशासन आयोगबाट असार २३ गते प्राप्त प्रतिवेदनमाथि केन्द्रीय समितिमा गहन छलफल भएको हो ।

    ढकालमाथि समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठक लाइभ प्रसारण हुनुपर्ने माग सुनुवाइ नभएको भन्दै कालोटेप लगाएर बसेको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएको आरोप छ ।

    गत बुधबारको रास्पाको बैठकले मुकुललाई सात दिनका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

    पार्टीको निर्णय सुनाउँदै कार्यवाहक प्रवक्ता मनिषा झाले केन्द्रिय समितिमा भएको छलफलका आधारमा निजबाट पार्टीको आचारसंहीताको दफा ४ (१) को क,ख,च, प र फ एवं दफा ४ (२) को ख, दफा ५ को क र ख, दफा ६ को क र ख, दफा ९ को क, ख, ग, घ समेतको उल्लंघन भएको ठहर गरेको बताए ।

    उनले त्यसबाट पार्टीलाई पुगेको क्षतिलाई समेत विश्लेषण गर्दै केन्द्रिय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने भन्ने सिफारिसलाई समेत ध्यानमा राखि निजलाई पार्टीको विधानको धारा ५६ (३) बमोजिम पार्टीको साधारण सदस्य कायम राखि पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रिय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय भएको बताए ।

    उनले पार्टी विधानको धारा ५७ बमोजिम निज उपर केन्द्रिय समितिले गरेको निर्णय चित्त नबुझे ३५ दिनभित्र पार्टीको पुनरावेदन समितिमा पुनरावेदनका लागि निवेदन दिनसक्ने निर्णय गरेको पनि बताए ।

    पार्टीको अनुशासन आयोगले भने पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्न सुझाव दिएको थियो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend