logo

२०८१ असोज ७ सोमबार

logo
  • सोमबार, ७ असोज २०८१
  • एकै पटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने गरी सिटिजन्स बैंकको लर्निङ्ग सेन्टर स्थापना

    एकै पटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने गरी सिटिजन्स बैंकको लर्निङ्ग सेन्टर स्थापना

    441
    Shares
    एकै पटक ३६५ जनाले प्रशिक्षण लिन सक्ने गरी सिटिजन्स बैंकको लर्निङ्ग सेन्टर स्थापना

    काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले आफ्नो सबै प्रदेशको कार्यालयस्थित आफ्नै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ ।

    कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ्ग सेन्टरहरु संचालनमा ल्याएको हो ।

    कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु संचालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु संचालन गर्न बैंकले लर्निङ्ग सेन्टरको स्थापना गरेको बैंकले जनाएको छ ।

    यो लर्निङ्ग सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, बाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरि एकैपल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

    आज बैंकको मुख्य कार्यालयमा आयोजित एक समारोहका बीच बैंकका संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले भर्चुअल रुपमा लर्निङ्ग सेन्टरहरुको उद्घाटन गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend