logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

    संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

    441
    Shares
    संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजियो : सांसद यादव

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद महिन्द्रराय यादवले संविधान संशोधन गरेर देशलाई दुई दलिय प्रणालीमा लैजान खोजिएको बताएका छन् । मङ्गलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद यादवले दुई ठूला दलहरुले संविधान संशोधनमार्फत दुई दलिय प्रणालीमा लान खोजिएको बताए ।

    उनले संघीयता, कर्मनिरपेक्षता, समानुपातिक र समावेशिता वर्तमान संविधानको चार पिल्लर रहेको भन्दै समानुपातिक र समावेशिता हटाउने कुरा सह्य नहुने बताए । उनले संविधान संशोधन गर्ने नै हो भने सर्वपक्षिय र सर्वदलिय रुपमा हुनुपर्ने बताए ।

    उनले भने – ‘संविधान संशोधनका लागि दुई ठूला दलहरुले दुई दलिय प्रणाली लान खोजिएको र थ्रेसहोल्ड हटाउन खोजिएको हो भने यो मुलुकको लागि कति सह्य हुनसक्छ ? म आग्रह गर्न चाहन्छु अब संविधान संशोधन गर्दाखेरी संविधानको चारवटा पिल्लर खम्बा हो, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशि । यि चारवटा पिल्लरमा समानुपातिक र समावेशि हटाउने कुराको अहिले जसरी भाष्य उत्पन्न भएको छ । यसकारण म ध्यान आकृष्ट गराउन चाहान्छु, अब संविधान संशोधन गर्दाखेरी सर्वपक्षिय, सर्वदलिय हिसावमा होस् ।’

    उनले तराई–मधेसमा विपद्को मुख्य कारण चुरे क्षेत्रको व्यवस्थापन हुन नसक्नु भएको बताए । उनले चुरे क्षेत्रको व्यवस्थापन नहुँदा प्रतिवर्ष ४ हेक्टर जमिन मरुभूमीकरण भइरहेको भन्दै आगामी ५० वर्षमा सबै खेतीयोग्य भूमी मरुभूमिकरण हुने अवस्था रहेको बताए ।

    उनले चुरे दोहन रोक्नुपर्नेमा जोड दिए । सांसद यादवले वर्तमान सरकार संविधानको धारा ७६(२) मा बनेको उल्लेख गर्दै विश्वासको मत नपाएमा स्वतः धारा ७६(३) अनुसार सरकार बन्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend