मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

कांग्रेस-एमाले नेतृत्वले विपदमा पनि सरकारलाई काम गर्न दिएन : सांसद ढकाल

कांग्रेस-एमाले नेतृत्वले विपदमा पनि सरकारलाई काम गर्न दिएन : सांसद ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् । नयाँ सरकार आउँदैछ भनेर कांग्रेस र एमालेले विपद्को यो बेला पनि सिंहदरबारका कर्मचारीहरुलाई असहयोग गर भनेर भनेको उनको जिकिर थियो ।

मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद ढकालले विपदका यो बेला पनि सरकारलाई कामै गर्न नदिएको भन्दै कांग्रेस एमालेप्रति आक्रोश व्यक्त गरे । उनले भूटानी शरणार्थीको फाईल खोल्ने र दोषीलाई पक्राउ गर्ने काम सरकारले गर्न शुरु गरेपछि नयाँ सत्तासमिकरण बनाएको पनि बताए ।

सांसद ढकालले भने, ‘हामी आउँदैछौं भनेर कर्मचारीहरुलाई यो विपद्को बेलामा असहयोग गर्न राहत र उद्दार गर्नुपर्ने बेलामा यो विपदको घडीमा पनि हामी आउँदैछौं असहयोग गर भनेर सिंहदरबारलाई मसानघाट जस्तै बनाइएको छ ।

यो चाहीँ कुन चरित्र हो ? कुन शैली र संस्कारको राजनीतिको ? यही बीचमा फाइल खोल, फाईल खोलको आवाज गुञ्जयमान हुँदै गर्दा भूटानी शरणार्थीको फाईल खुलेर बेचैन झा समात्तिने वित्तिकै समिकरणनै फेरबदल किन ? ’

सांसद ढकालले मुलुकलाई बर्बाद पार्ने काम ठूला दलहरुले गरेको पनि बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend