logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्छ : सांसद राणा

    सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्छ : सांसद राणा

    413
    Shares
    सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्छ : सांसद राणा

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी छन् । मङ्गलबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएकी हुन् ।

    उनले सरकारले जहाँको पनि जग्गा किनबेच गर्न दिने गरेको भन्दै सुरक्षित जमिन र असुरक्षित जमिनको बारेमा स्पष्ट पार्नुपर्ने बताइन् । उनले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपद्मा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताइन् ।

    उनले भनिन् – ‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो । कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित होइन भनेर भनिदिनु पर्छ । भूमी सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ ।

    मध्यवर्ति क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौँ । तर मान्छेको सुरक्षाको लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन । कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ ।’

    सांसद राणाले हिमतालहरुको सुरक्षाको लागि विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend