logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • एसीसी वुमन्स एसिया कप : दोस्रो अभ्यास खेलमा पनि नेपालको हार

    एसीसी वुमन्स एसिया कप : दोस्रो अभ्यास खेलमा पनि नेपालको हार

    1.3K
    Shares
    एसीसी वुमन्स एसिया कप : दोस्रो अभ्यास खेलमा पनि नेपालको हार

    काठमाडौं । एसीसी वुमन्स एसिया कप खेल्न श्रीलंका पुगेको नेपाल दोस्रो टी–२० अभ्यास खेलमा पराजित भएको छ । बुधबार दिउँसो सम्पन्न खेलमा नेपाल श्रीलंका डेभलप्मेन्टसँग ४ विकेटले पराजित भएको हो । नेपाल पहिलो खेलमा मंगलबार ३३ रनले पराजित भएको थियो ।

    १०७ रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलप्मेन्टले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । ओपनर सेनाराथनीले ३७ बलमा २ चौकासहित सर्वाधिक २७, इमिका मेन्डिस १७, कप्तान सेन्दीपानी १९ र एम मदाराले १६ रन बनाइन् ।

    नेपालकी कृतिका मरासिनी, इन्दु बर्मा, कविता जोशी र सबनम राइले १–१ विकेट लिइन् ।

    पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । नेपालकी ओपनर कविता कँवरले ३४ बलमा ३ चौकासहित सर्वाधिक २९ रन बनाइन् । इन्दु बर्माले ४३ बलमा ३ चौकासहित २८, ओपनर सम्झना खड्का ११, रुविना क्षेत्री ६, कविता जोशी ४, विन्दु रावल ८ र पूजा महतोले ६ रन बनाइन् ।

    देवमी विहांगाले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् ।

    तीन खेलको सिरिजमा श्रीलंका २–० ले अघि छ । योसँगै तीन खेलको अभ्यास सिरिज नेपालले एक खेल अगावै गुमाएको छ । अन्तिम खेल आगामी मंगलबार हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend