
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रमाणित गर्न चुनौति दिएका छन् । महालेखा परीक्षकको ६१ औं प्रतिवेदनले उठाएको कैफियतको जवाफ दिँदै महानिर्देशक अधिकारीले विमानस्थलमा कुनै अनियमितता नभएको स्पष्ट पारेका हुन् ।
पोखरा विमानस्थलको छानबिन गर्न गठित संसदीय उपसमितिले राखेको प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले अनियमिता प्रमाणित गर्न चुनौति दिएका छन् । पोखरा विमास्थलको बारेमा केही सफ्ट भएर पोखरा विमानस्थल बनाउँदा रनवेको पूर्वीतर्फ छिने डाडाँको अवरोध गर्ने जनाई ४० मिटर काट्ने गरी आयोजनाले छुट्टै ठेक्का व्यवस्थापनबाट एक निर्माण व्यवसायीलाई यो वर्ष २८ करोड ७९ लाख भुक्तानी गरेको उल्लेख छ।
‘महालेखा परीक्षकको कार्यालयले प्राविधिक ज्ञान नराखी प्रतिवेदन दिएको र त्यसलाई आधार बनाएर प्रश्न गरेको हो भने सत्यता छैन’ उनले भनेका छन् । उनले महालेखा परीक्षकको प्रतिवेदनमाथि गम्भीर असहमति राख्दै प्राविधिक विश्लेषणविना उल्लेख गरेको आरोप लगाएका छन् । महालेखाको प्रतिवेदन पूर्वाग्रही भएको र पोखरा विमानस्थल पुगेर प्राविधिक विश्लेषण गर्न उनले संसदीय समितिसँग माग गरेका छन् ।
लेखा परीक्षण गर्ने व्यक्ति, महालेखा परीक्षकको कार्यालयका प्रतिनिधिसँग राखेर प्रत्यक्ष छलफल गर्न आफू तयार भएको उनले जानकारी दिएका छन् । महानिर्देशक अधिकारीले महालेखा परीक्षकको प्रतिवेदनमाथि गम्भीर त्रुटी औंल्याएपछि सांसदहरु प्नि द्धिविधामा परेको स्रोतको भनाई छ ।
उपसमिति संयोजक एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विमानस्थल निर्माणमा भएको अनियमिततामा केन्द्रित रहेर महानिर्देशक अधिकारीमाथि पटक पटक प्रश्न गरेका थिए । महानिर्देशक अधिकारीले विमानस्थल निर्माणलाई विवादित बनाउन खोजिएको जिकिर गरेका छन् ।
सांसदले रिठ्ठेपानी डाँडा ३० मिटर काट्नुपर्नेमा ४० मिटर काटेको, रनवे १० मिटर धसाइएको र त्यसले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ४ अर्ब ३४ करोड रुपैयाँ ऋणमा बनाएको खानेपानीको ट्यांकी भत्काउनु परेको लगायतका प्रश्न राखेका थिए । महानिर्देशक अधिकारीले रिठ्ठेपानी डाँडा १० मिटर बढी काट्दा विमान उडान र अवतरणमा जोखिम न्यून हुने समितिलाई जानकारी गराएका थिए ।
त्यसबेला उनले विमानस्थलको पूर्वतर्फ रनवे धसाएको नभई ११ मिटर माटो भरेको जवाफ दिएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनमा पोखरा विमानस्थलमा भएको अनियमितताका विषयमा उल्लेख गरेको छ । रनवेको पूर्वतर्फ छिनेडाँडाको उचाइ ३० मिटर काट्नुपर्नेमा रनवेको उचाइ कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
रनवेको उचाइ घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगामाटो निर्माण व्यवसायीले बाह्य डिस्पोज गरेको नदेखिएकाले निस्केको ढुंगामाटो त्यहीँ प्रयोग भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend