डोल्पा । डोल्पामा ‘कर्णाली अन्तर्राष्ट्रिय भिलेज फिल्म फेस्टिभल’ हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो ।
आगामी भाद्र २ गतेदेखि ५ गतेसम्म ‘गाउँ गाउँमा नेपाली सिनेमा, गाउँ गाउँमा पर्यटक’ भन्ने नारासहित कर्णाली प्रदेशको डोल्पा जिल्लामा चलचित्र महोत्सव आयोजना गर्न लागिएको बताइएको छ । फिल्म फेस्टिभलले नेपाली चलचित्र पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने विश्वास लिइएको छ ।
कार्यक्रममा उपस्थित वक्ताहरुले कर्णाली प्रदेशको प्राकृतिक सौन्दर्यतालाई विश्वमाझ पुयाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमहरुले कर्णाली प्रदेशका आम नागरिकको जीवनमा पनि आर्थिकोपार्जनको लागि माध्यम बन्ने बताए ।
उनीहरुले कर्णाली प्रदेश चलचित्र छायांकनका लागि सही र महत्वपूर्ण गन्तव्य रहेको भन्दै प्रचार प्रसारको कमी भएको बताए ।