logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रचण्ड-माधव लगायत नेताहरुको बालुवाटारमा छलफल

    प्रचण्ड-माधव लगायत नेताहरुको बालुवाटारमा छलफल

    1.4K
    Shares
    प्रचण्ड-माधव लगायत नेताहरुको बालुवाटारमा छलफल

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चामा आवद्ध दलका नेताहरुलाई बालुवाटार बोलाएर छलफल गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्ड र सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल तथा सम्मानित नेता झलनाथ खनालबीच बालुवाटारमा छलफल भएको हो ।

    छलफलमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव बालुवाटार पुगेका छन् । यो छलफलमा नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबीच पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा भेटवार्ता र छलफल भएको हो ।

    प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते संसद्‌मा विश्वासको मत लिँदैछन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend