मंगलबार, चैत्र २६ २०८१

मंगलबार, चैत्र २६ २०८१

बालुवाटारमा सीता दाहालको पहिलो स्मृति सभा सम्पन्न (फोटोफिचर)

बालुवाटारमा सीता दाहालको पहिलो स्मृति सभा सम्पन्न (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जीवन सङ्गीनी सीता दाहालको पहिलो स्मृति सभा सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पहिलो वार्षिकी स्मृति सभा सम्पन्न भएको हो ।

स्मृति सभामा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं उपप्रधान एवं परराष्ट्रमन्त्री नारायाण्काजी श्रेष्ठ, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुन, पूर्वसभामुख अग्निप्रसाद सापकोटा लगायतका व्यक्तित्वहरु पनि स्व. दाहाललाई श्रद्धासुमन अर्पण गर्न बालुवाटार पुगेका थिए ।

स्मृति सभामा पुगेकाहरुले स्व. दाहालको तस्बिरमा माल्यार्पण र पुष्पगुच्छासहित श्रद्धा अर्पण गरेका छन् । प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ का कारण दाहालको गत वर्षको असार २७ गते निधन भएको थियो ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend