logo

२०८१ असोज ३ बिहिबार

logo
  • बिहिबार, ३ असोज २०८१
  • दाङको शान्तिनगरमा पहिलो पटक सर्वाधिक राशीको १५ वर्ष मूनिको खुल्ला फुटबल प्रतियोगिता

    दाङको शान्तिनगरमा पहिलो पटक सर्वाधिक राशीको १५ वर्ष मूनिको खुल्ला फुटबल प्रतियोगिता

    3.2K
    Shares
    दाङको शान्तिनगरमा पहिलो पटक सर्वाधिक राशीको १५ वर्ष मूनिको खुल्ला फुटबल प्रतियोगिता

    दाङ । दाङको शान्तिनगर गाउँपालिका वडा नं. २ मा पहिलो पटक सर्वाधिक राशीको १५ वर्ष मूनिको खुल्ला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद भन्ने मूल नाराका साथ शान्तिनगर गाउँपालिका वडा नं. २ को बाघमारे फुटबल क्लबले सो प्रतियोगिताको आयोजना गरेको हो ।

    प्रतियोगितामा दाङ जिल्लाभरिका १५ वर्ष मूनिका सबै विद्यालय तथा क्लबहरुलाई आह्वान गरिएको छ । खेलमा १५ वर्ष मूनिका मात्रै खेलाडी समावेश हुन पाउने छन् । उक्त प्रतियोगितमा टिम दर्ता गर्नको लागि २ हजार रुपैयाँ शुल्क लाग्ने छ ।

    सो प्रतियोगितामा विजेता टोलिले नगद २० हजार रुपैयाँ प्राप्त गर्ने छन भने उपविजेता टोलिले नगद ८ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र पनि प्राप्त गर्ने छन । खेल श्रावण ४ गते देखी शान्तिनगरको सिम सुन्दरपुर खेल मैदानमा सुरु हुने छ । प्रतियोगितामा समावेश हुनका लागी सबै टोलिले श्रावण १ गते दिउँसो ३ बजे सम्म टिम दर्ता गरिसक्नुपर्ने छ ।

    त्यसैगरी साउन २ गते साझँ ४ बजे खेल तालिका प्रकाशन हुने कार्यक्रमका संयोजक विशाल विष्टले जानकारी दिए । खेलमा २२ जना सम्म खेलाडी सम्मिलित हुन सक्ने छन् । खेल अवधिभर प्रत्येक खेलमा म्यान अफ दी म्याच घोषणा गरिनुका साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्स, उत्कृष्ट फवार्ड, उत्कृष्ट मिड फिल्ड, उदयमान खेलाडी र उत्कृष्ट गोलरक्षक लाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ ।

    खेल खेल्नु भन्दा अगाडी प्रत्येक खेलाडीले जन्मदर्ता र आमाबुवाको नागरिकताको १ प्रति फोटोकपी पेश गर्नुपर्ने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend