काठमाडौँ । नारायणगढ- मुग्लिन सडकमा शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा खसेका २ यात्रुबसमा ६५ जना सवार यात्रुहरुको खोजी कार्य जारी छ ।
चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले खसाल्दा बेपत्ता भएका दुईवटा बस खोज्न गोताखोर परिचालन भएका छन् ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको गोताखोर टोलीले खोजी तथा उद्धार सुरु गरेको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार बेपत्ता बस तथा यात्रु खोज्न सशस्त्र प्रहरी बल नेपाल नं १७ गण चितवनबाट ४५ जना र विपद् व्यवस्थापन तालिम शिक्षालयबाट ७ जना गोताखोर सहित २५ जना परिचालन भएका छन् ।
भरतपुर महानगरपालिका २९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको थियो। जसमा २४ जना यात्रु सवार थिए।
त्यस्तै काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेका छन् ।
यो पनि :
सिमलताल पहिरो अपडेट: पहिरोले बगाएको दुई बसमा थिए ६५ यात्रु
नारायणगढ–मुग्लिन सडकमा पहिरोसँगै झरेको ढुंगाले लागेर बस चालकको मृत्यु