logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • त्रिशुली नदीमा बेपत्ता भएका बसका यात्रुहरुको खोजी कार्यलाई तिब्रता दिइएको छ : प्रधानमन्त्री दाहाल

    त्रिशुली नदीमा बेपत्ता भएका बसका यात्रुहरुको खोजी कार्यलाई तिब्रता दिइएको छ : प्रधानमन्त्री दाहाल

    511
    Shares
    त्रिशुली नदीमा बेपत्ता भएका बसका यात्रुहरुको खोजी कार्यलाई तिब्रता दिइएको छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गएराति पहिरोले बगाएर त्रिशुली नदीमा खसेका दुई वटा बसका यात्रुहरुको खोजी कार्यलाई तिब्रता दिन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिनका लागि पस्ताव पस्तुत गर्ने क्रममा प्रधानमन्त्री दाहालले सो विषयमा आफूले चितवन जिल्ला प्रशासन कार्यालय र त्यहाँको स्थानीय निकायलाई सचेत गराउँदै खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएको बताएका हुन् ।

    उनले जनतालाई विपद्बाट जोगाउन आफूले गृह प्रशासन र सम्बन्धित निकायलाई पनि तयारी अवस्था रहन सचेत गराएको बताए । प्रधानमन्त्री दाहालले मुलुक विपद्मा परेका बेला आफूलाई हटाउने दुःखद् प्रयास भएको पनि बताए ।

    उनले भने, ‘अविरल वर्षा, बाढी, पहिरोको कारण चितवन नारायनघाट मुग्लिनको बीचमा, कास्की, म्याग्दीलगायतका स्थानामा ठूलो धनजनको क्षति भएको छ । त्यसैगरी चट्टयाङबाट पनि यत्रो बाढि, पहिरो, चट्टयाङका कारण ठूलो धनजनको क्षति भईराखेको बेलामा हामी सरकार परिवर्तनको जो प्रक्रिया भित्र प्रवेश गर्यौं र , प्रतिपक्षका साथीहरुले राजीनामाको कुरा उठाई राख्नु भयो ।

    मैले खालि यति जानकारी गराउन कर्तव्य ठानेको छु । यस्तो बेलामा पनि मैले नेपाली सेना, गृह प्रशासन, विपद व्यवस्थापन, अनि सेक्युरिटी अंगका सबै प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर बाढी पहिरोबाट भएको क्षति सम्भावित क्षतिको न्यूनिकरण, रोकथाम कसरी गर्न सकिन्छ भन्ने बारेमा यो प्रक्रिया सुरु भएपछि पनि पहल गरिएको तथ्यमा यहाँहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।

    दोस्रो त्यसको दुई दिन पछि फेरी विपद व्यवस्थापनमा गृहमन्त्री स्वयम भएर देशभरीको क्षतिको स्थिति, अनि कहाँ कहाँ बढि बाढी पहिरोको खतरा बढी छ । त्यसको चिन्हित गर्ने र त्यसको रोकथामको निम्ति के गर्न सकिन्छ भन्ने विषयमा म स्वयम पनि सहभागी भएर त्यसको निम्ति प्रयास गरिएको पनि जानकारी गराउन चाहन्छु ।

    तर पनि यो वर्ष जुन रुपमा मनसुन आक्रामक रुपमा प्रस्तुत भएको छ । र, अहिले पनि मौसम पूर्वानुमान अनुसार अर्को हप्तासम्म पनि जो वर्षाजारी रहने कुरा गरिएको छ । त्यसको निम्ति आज मात्रै पनि गृह प्रशासन र सम्बन्धित निकायहरुलाई उच्च सतर्कता र हुनसक्ने जति तयारी गर्न निर्देशन गरेको छु । मुग्लिन नारायणघाटको बीचमा लेदोसहितको पहिरोले दुई वटा बस बगाएपछि मैले चितवन जिल्ला प्रशासनसँग, त्यहाँको महानगरपालिकासँग बिहान मात्रै कुरा गरेर स्थिति के छ, खोजी र उद्धारको निम्ति तदारुपताका साथ खोजी गर्न निर्देशन दिएको छु ।’

    प्रधानमन्त्री दाहालले आफूले वर्षातका कारण थप जोखिम हुन नदिन उच्च शतर्कता अपनाउन पनि आग्रह गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend